Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वडा अध्यक्षका दुई उम्मेदवारलाई हाजिर हुन मुख्य निर्वाचनको आदेश


    बुधबार, बैशाख १४ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुगु । वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका मुगुका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले हाजिर हुन आदेश दिएको छ ।

    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाका-५ को वडा अध्यक्ष पदको उम्मेदवार जनकबहादुर बुढा र सोही नगरपालिकाका-७ का वडा अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाहीलाई यहि १५ वैशाखमा कार्यालयमा हाजिर हुन आदेश दिएकाे हाे ।  

    छायाँनाथ रारा नगरपालिका-५ का वडा अध्यक्ष पदका उम्मेदवार बुढाले सार्वजानिक स्थलमा अभद्र व्यवहारका सम्बन्धमा उजुरी परेको हुँदा न्यायको लागि छायाँनाथ रारा नगरपालिका-५ कै देवेन्द्र रावलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर १ मा उजुरी दिएको मुख्य निर्वाचन कार्यालय मुगुले जनाएको छ । 

    यस्तै, ७ नम्बर वडाका अध्यक्षमा उम्मेदवारी दिएका श्यामबहादुर शाहीलाई अवैध काठ चोरी निकासी कसुरसम्बन्धी उच्च अदालत सुर्खेत जुम्लाबाट ३१ चैत २०७३ मा कसुर सजाए भएको भन्दै मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा छायाँनाथ रारा नगरपालिका-७ का धमेन्द्र शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर १ मा उजुरी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ । 

    मुख्य निर्वाचन कार्यालयका अनुसार उम्मेदवार विरुद्धमा दुवै उम्मेदवारलाई आफ्नो सफाई तथा सबुत प्रमाण साथ १५ वैशाख विहान १० बजे अधिकृतको कार्यालयमा उपस्थित हुन समेत आदेश गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका प्रमुख पुण्यप्रसाद सापकोटाले जारी गरेकाे सूचनामा उल्लेख छ । 

    उजुरी परेका ५ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार जनकबहादुर बुढा नेकपा एमालेबाट र ७ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाही नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार गराई मनोनयन दर्ता गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार