चितवन । भारतीय पक्षले पर्साको उखेलेर फालेको सीमास्तम्भ नेपालीले पुनः साविककै ठाउँमा गाडेका छन् । नेपाल–भारत सीमाक्षेत्रस्थित पर्साको ठोरीमा सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेपछि नेपाली पक्षले पनि पुनः साबिककै स्थानमा गाडेको छ ।
ठोरीमा उखेलिएको पिल्लर ठोरीबासीहरुले पहिलेकै स्थानमा गाडेका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको अगुवाईमा ४३६ नम्बरको उखेलिएर फलिएको पिल्लर गाडिएको हो ।
सीमा पिल्लर उखेलेर नजिकै फ्याँकिएसँगै भारतले सीता गुफा क्षेत्र अतिक्रमण गर्न खोजेको भन्दै साँझपख डेढ घण्टासम्म ठोरी बजार क्षेत्र तनावग्रस्त भएको थियो ।
भारतीय पक्ष र नेपाली पक्षबिच झण्डै कुटाकुटको अवस्था सिर्जना भएसंगै ठोरी गाउँपालिका अध्यक्ष पदमलाल ठोरी क्षेत्रमा पटक पटक सीमा विवाद हुँदै आएको छ। ठोरीबासीहरुले सीमा रक्षाका निम्ति अविराम संघर्ष गर्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका हुन ।
भगवान राम जन्मेको भनिएको अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने स्थानिय बासिन्दाको भनाइ छ ।
भारतीय पक्षले हेपाहा प्रबृत्ति देखाउँदै झापाको पाठामारीदेखि कन्चनपुरुसम्म सीमा मिच्ने काम गरे पनि ठोरीबासीले एकजुट भएर आफ्नो भूमिका रक्षा गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend