Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा बच्चाहरुका लागि दुई कोभिड खोपलाई स्वीकृति


    बुधबार, बैशाख १४ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ । कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए । 

    यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो ।

    त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको को दुई–डोजलाई सरकारले स्वीकृत दिएको हो ।

    कोर्बेभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाइँदैछ ।  सन् २०२१ को जनवरीमा कोभिड खोप सुरुगरेपछि भारतमा संक्रमितहरूलाई अहिलेसम्म १.८७ अर्ब डोज खोप लगाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार