Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एकाबिहानै कसले ढलायो भैरहवा सडकपेटीका १२ गमलासहित बिरुवा ?


    बुधबार, बैशाख १४ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्‍याइएको छ ।

    वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बोटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् ।

    वडा मार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् । २०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा वातावरणको अनुभूत गराउन वैकल्पिक गमला सडकपेटीमा राखेर व्यवस्थापन गरिएको थियो, विरुवा कसले ढाल्यो भन्ने खुलेको छैन, वडा अध्यक्ष करुन्जन श्रेष्ठले भने । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले रातिको समयमा विरुवा ढालिएको भन्ने खबर आएको बताए । सिसी क्यामराको फुटेज पनि हेरिने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार