Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर महानगरमा एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता


    मंगलबार, बैशाख १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

    मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् ।

     २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको र उक्त नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी दर्ता गरेकाे स्राेतले बताएकाे छ ।

    ma_g2BlN6hIjW.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार