Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस ललितपुरले भन्यो- गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा


    मंगलबार, बैशाख १३ २०७९
    595
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

    ‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी केन्द्रको बीचमा मात्रै सहमति भएको निर्णय र पार्टीबाट उम्मेदवारहरूको टिकटसमेत प्राप्त भएकोले सोही अनुरुप पालिकाहरूमा उम्मेदवारी दिने प्रक्रियामा पुगिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संयन्त्रको दुई दलीय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरूको बाँडफाँटमा केही समस्या उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेश संयन्त्रको निर्णय अनुसार कांग्रेस ललितपुरले प्रमुख, उप–प्रमुख सहित अधिकांश वडाहरूमा मनोनयन दर्ता गराएको हो ।’

    विज्ञप्ति : 

    २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा पाँच दलीय सत्ता गठबन्धनको ललितपुर जिल्ला स्तरीय संयन्त्रको मिति २०७९÷०१÷०३ गतेको बैठकको निर्णय अनुसार ललितपुरका सम्पुर्ण पालिकाहरूको हकमा केन्द्रीय संयन्त्र र बागमती प्रदेश संयन्त्रको निर्णय तथा परिपत्र बमोजिम तत् तत् तहले तोके बमोजिम गठबन्धनमा जाने निर्णय भएको थियो ।

    वडाहरूको बाँडफाँटका सम्बन्धमा मिति २०७९ बैशाख ६, ७, ९ र १० गते बसेको जिल्ला संयन्त्रको बैठकबाट मोटामोटी प्रारुप तयार भएको तर प्रदेश संयन्त्रको निर्णय नआइसकेको कारण सहमतिमा पुग्न बाँकी थियो । वैशाख ११ गते मध्याह्न पश्चात बाग्मती प्रदेश संयन्त्रबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बीचमा मात्रै सहमति भएको निर्णय र पार्टीबाट उम्मेदवारहरूको टिकट समेत प्राप्त भएकोले सोही अनुरुप पालिकाहरूमा उम्मेदवारी दिने प्रक्रियामा पुगिएको हो ।

    बागमती प्रदेश संयन्त्रको दुई दलीय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरूको बाँडफाँटमा केही समस्या उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेश संयन्त्रको निर्णय अनुसार नेपाली काँग्रेस ललितपुरले प्रमुख, उप–प्रमुख सहित अधिकांश वडाहरूमा मनोनयन दर्ता गराएको हो । यसैबीच उम्मेदवारी मनोनयन दर्ता भइसकेको अवस्थामा बाग्मती प्रदेश संयन्त्रको निर्णयभन्दा फरक हुने गरि पालिकाहरूमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को जिल्ला नेतृत्वसँग समन्वय नगरी पालिका प्रमुख तथा उप–प्रमुखका पदहरूमा मनोनयन दर्ता गरेका कारण स्थिति अन्योलता तर्फ गएको व्यहोरा स्पष्ट गर्न चाहन्छ ।

    माथिल्लो संयन्त्रको गतिविधि र उपरोक्त परिस्थितिका कारण मनोनयनको अन्तिम अवस्थामा पाँच दलीय संयन्त्रको पूर्व निर्णय समेतलाई आधार मानी नेपाली कांग्रेस ललितपुर जिल्लाले धेरै वडाहरूमा गठबन्धन अनुरुप संयूक्त रुपमा तथा केही वडाहरूमा मित्रवत् प्रतिस्पर्धामा जाने निर्णयमा पुगी मनोनयन दर्ता गराएकोले मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरणमा निर्वाचनमा जानुबाहेक कुनै विकल्प नरहेको हुँदा गठबन्धनका दलहरूसँग मित्रवत् ढङ्गले तथा विपक्षीहरूलाई पराजित गर्ने रणनीति अनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न सम्पुर्ण मातहत एकाईहरूलाई निर्देश गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै विभिन्न कारणबाट पार्टीको उम्मेदवार विरुद्ध स्वतन्त्र÷बागी उम्मेदवारी दिनुभएका साथीहरूलाई समयमै उम्मेदवारी फिर्ता गर्नुहुन निर्देशन गरिएको व्यहोरा समेत जानकारी गराइन्छ।
     

    जिनेन्द्र कुमार श्रेष्ठ
    सभापति नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुर

    275385208_1322948554857975_6067324375691358704_n.png.png
    278532919_1023999938238501_8039516917694251399_n.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार