Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा ७३० जनप्रतिनिधिको लागि ३ हजार ५५३ जनाको उम्मेदवारी


    मंगलबार, बैशाख १३ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा तीन हजार ५५३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाका १५ वटै पालिकामा गरी उक्त संख्यामा उम्मेदवारी आएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

    निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकाहरूमा १५० जना नगरप्रमुखमा उम्मेदवार दर्ता गरेका छन भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन ।

    त्यसैगरी जिल्लाका १३८ वटा वडाहरु जम्मा ८८५ जनाले वडा अध्यक्षमा, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

    १५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । महोत्तरीमा तीन लाख ३६ हजार ९५ जना मतदाता छन् भने जिल्लाभरि ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार