Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस-माओवादी र जसपा-एकीकृत समाजवादीको अलग गठबन्धन


    मंगलबार, बैशाख १३ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार-चार जनाले मनोनयन दर्ता गराएका छन् ।

    कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेदवारी दर्ता भएको छ । 

    राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेदवारी परेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । सो गाउँपालिकामा कुल १०८ जनाको मनोनयन दर्ता भएको छ । 
    रावाबेँसीमा जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति छ ।

     १६ वैशाखभित्र छलफल गरेर जसपाबाट उपाध्यक्षकी उम्मेदवार बनेकी नेपाललाई मनाेनयन फिर्ता गराउन लगाएर नेकपा एकीकृत समाजवादीका राईलाई उपाध्यक्ष छाड्ने तयारी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार