Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिवालय बैठकलगत्तै प्रम ओली र प्रचण्ड पुगे राष्ट्रपति निवास


    शनिबार, साउन ३ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। पार्टीको सचिवालय बैठक सकिएलगत्तै दुई अध्यक्ष शितलनिवास पुगेका हुन्।

    दुई अध्यक्षसँगै पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि शितल निवास पुगेको स्रोतले बताएको छ।

    नेकपा विवाद समाधानका लागि बसेको सचिवालय बैठक चार घण्टा चलेको थियो । विवादको समयमा नेताहरु राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा लिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार