अर्घाखाँची। अर्घाखाँचीमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहाेल तीव्र बनेको छ । सत्तापक्षीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।
६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा अघिल्लाे पटक नेतृत्व गरिसकेका चार जनप्रतिनिधि राजिनामा दिएर फेरि उम्मेदवार बनेका छन् ।
१. रेशम थापा : थापाले भूमिकास्थान नगरपालिका मेयरमा एमालेबाट उम्मेदवारी दिएका छन् । अघिल्लाे पटक कांग्रेसको सहयोगमा माओवादी केन्द्रबाट मेयर बनेका थापालाई यो पटक एमालेले उम्मेदवार बनाएकाे हाे । उनले यो पटक गठबन्धन पक्षबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका झविलाल थापाको सामना गर्नुपर्ने छ ।
२. अच्युत गौतम : पाणिनी गाउँपालिका अध्यक्ष बनिसकेका गाैतमले फेरि उम्मेदवारी दिएका छन् । कांग्रेसका जिल्ला सचिवसमेत रहेका गौतमले यो पटक एमालेका नेता टेकराज न्यौपानेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
३. टीका रेश्मी : शितगंगा नगरपालिका उपमेयर बनिसकेका रेश्मी नेकपा माओवादीबाट फेरि उपमेयरमा उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रका तत्कालीन नेता टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासहितका नेताले एमाले रोज्दा रेश्मीलाई यो पटक माओवादी केन्द्रले पुन: टिकट दिएकाे हाे । गठबन्धनको साथ पाएका नेता रेश्मीले यो पटक नेकपा एमालेकी गीता भाटसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
४. लक्ष्मी गौतम : एमालेबाट फाणिनी गाउँपालिकामा निर्वाचित भई एक कार्यकाल पूरा गरेकी गौगमले दोस्रो कार्यकालका लागि पनि पुन: उम्मेदवार बनेकी छन् । उनी अघिल्लाे पटक एमालेबाट उपाध्यक्ष बनेकी थिइन् ।
तर, उनले बीचमा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी हुँदै काँग्रेस प्रवेश गरेकी थिइन् । अहिले गौतमलाई कांग्रेसले दोस्रो कार्यकालका लागि उपाध्यक्षमा टिकट दिएको हो । गौतमले एमालेकी नेतृ नर्मदा पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend