Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम : यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना


    मंगलबार, बैशाख १३ २०७९
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पश्चिमी र स्थानीय वायु सक्रिय रहँदा केही प्रदेशमा पानी पर्ने सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार  आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार