Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु


    शनिबार, साउन ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । आज अपराह्न मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैसेको खोप्लाङ भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–१ का २५ वर्षीय युवा दिपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आज भैसे पुगेर हेटौँडा फर्कने क्रममा मृतक पाण्डे सवार ना६२प ९७१५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार