डडेल्धुरा । आगामी निर्वाचनका लागि डडेल्धुराका पालिकाहरुमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि हिजो र आजको लागि समय तय गरेको थियो ।
प्रधानमन्त्रीसमेत रहका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत भएकाले यस जिल्लालाई चासोका साथ हेरिएको थियो । सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेलको निर्णय भएको भए पनि जिल्लामा गठबन्धनको एकल उम्मेदवार बन्ने अवस्था बनेन ।
अमरगढी नगरपालिका
अमरगढी नगरपालिका डडेल्धुराको नगर प्रमुखका लागि कांग्रेसबाट डिल्लीराज जोशीले र उपप्रमुखमा पार्वती झुकालले उम्मेदवारी दर्ता गराएका छन्। दुवैजना पुनः दोहोरिएका हुन्। यसअघिको चुवनामा एमालेका उम्मेदवारसँग जोशी र झुकाल हारेका थिए ।
नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट प्रमुखमा कांग्रेस बिपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिए।
यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शशी अवस्थी, नेकपा (एकीकृत समाजवादी) बाट प्रमुखमा संगिता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गराएका छन्।
२. परशुराम नगरपालिकाका
परशुराम नगरपालिकाको नगरप्रमुख पदका लागि नेपाली कांग्रेसबाट भरत बडायर जोशी र उपप्रमुखमा कलावती बोहराको उम्मेदवारी परेको छ। २८ वर्षीय जोशीले पहिलो पटक मेयरमा उम्मेदवारी दिएका हुन्। बोहरा भने दोहोरिएकी हुन्। यसअघिको चुवनामा परशुरामको मेयरमा भीमबहादुर साउद र उपमेयरमा बोहराले जितेकी थिइन्।
नेकपा माओवादी केन्द्रबाट प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महताले मनोनयद दर्ता गराएकी छिन्। मालयसअघिको चुनावमा पनि मेयर लडेका थिए। तर साउदसँग थोरै अन्तरले हारेका थिए।
परशुराममा नेकपा एमालेबाट प्रमुखमा केशव बोहरा र उपप्रमुखमा गौमती पन्तले मनोनयन दर्ता गराएको छ।
यस्तै, राष्ट्रय जनमोचर्मा समवन्य समितिबाट मेयरमा लालबहादुर जाग्री र उपमेयरमा नेकपा विप्लव समूहबाट पूर्णिमा धामीले उम्मेदवारी दिएकी छन्। दुवै पार्टीले त्यहाँ वडासम्म तालमेल गरेका छन्।
३. अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल तथा नेकपा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली कांग्रेस बिपीबाट रामचन्द्र ऐरले मनोनयन दर्ता गराएका छन्।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडले उम्मेदवारी दिएका छन्। दुवै फेरि चुनाव लड्ने भएका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा भट्ट र उपाध्यक्षमा भाड विजयी भएका थिए।
४. नवदुर्गा गाउँपालिका
नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बिष्टले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस बिपीबाट अध्यक्ष गोकुल शाही र उपाध्यक्षमा नेकपा एमालेबाट वीरबहादुर बिष्टले दिएका छन्।
नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा कविन्द्रबहादुर बिष्ट र उपाध्यक्षमा चन्द्रा रुपालीले उम्मेदवारी दिएका छन्। यसअघिको चुनावमा बिष्टले एमालेबाट अध्यक्ष जितेका थिए। उनी फेरि अध्यक्षमा लड्ने भएका छन्। उनी बलिया अरुभन्दा उम्मेदवार हुन्।
नेकपा माओवादी केन्द्रबाट नवदुर्गाको अध्यक्षका लागि धर्म विक र बिस्ना बोहराको उम्मेदवारी परेको छ।
५. आलिताल गाउँपालिका
आलिताल गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट बलबहादुर गुरुङ र उपाध्यक्षमा जला बोगटीको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसले फेरि अध्यक्षमा गुरुङ र उपाध्यक्षमा बोगटीलाई टिकट दिएको हो ।
यसअघिको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई थोरै मतले हराउँदै अध्यक्षमा गुरुङ र उपाध्यक्षमा बोगटी निर्वाचित भएका थिए।
नेकपा माओवादी केन्द्रबाट आलितालको अध्यक्षका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मन्जु रावलको उम्मेदवारी परेको छ। नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा र उपाध्यक्षमा लक्ष्मी धामी, नेकपा एमालेबाट अध्यक्षमा मीन बोगटी र उपाध्यक्षमा शान्ति भट्ट जोशीले मनोनय दर्ता गराएका छन्। स्वतन्त्रबाट टेकबहादुर खड्काले मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
६. गन्यापधुरा गाउँपालिका
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुरामा नेपाली कांग्रेसबाट अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्ष ज्ञानु सेटीको उम्मेदवारी परेको छ।
नेकपा एकीकृत समाजवादी अध्यक्षमा नरबहादुर बिष्ट र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्ल, नेपाली कांग्रेस बिपीबाट अध्यक्षमा सुरेन्द्र माली र नेकपा एमालेबाट उपाध्यक्षमा इन्द्र महराले मनोनयन दर्ता गराएका छन्।
७. भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा हेमराज चटौत र उपाध्यक्षमा पुष्पा ठकुराठीको उम्मेदवारी परेको छ। यस्तै, नेकपा एमालेबाट रामबहादुर शाही र उपाध्यक्ष नेपाली कांग्रेस बिपीबाट नरबहादुर ठकुराठीले उम्मेदवारी दिएका छन्।
नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णुबहादुर ठकुराठीले मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend