बैतडी । स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुने अवधारणा अनुसार यसअघि बैतडीका १० ओटै स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष पदमा महिला निर्वाचित भएका थिए । तर यसपालि भने चुनावी गठबन्धन गरेका दलहरुले महिलालाई प्रमुख वा उपप्रमुखमा उम्मेदवार बनाएका छैनन् ।
जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)का बीच गठबन्धन भएको छ ।
गठबन्धका तर्फबाट पाटन नगरपालिकामा कांग्रेसका गौरीसिंह रावललाई उम्मेदवार बनाइएको छ भने, उपप्रमुखमा माओवादी केन्द्रका कमल बोहरालाई उम्मेदवार बनाएको छ ।
दोगडाकेदार गाउँपालिकामा कांग्रेसका देवराज जोशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नवराज भट्टलाई उम्मेदवार बनाएको छ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकामा कांग्रेसका रमेश भण्डारीलाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नेकपा(एकिकृत समाजवादी)का राजेन्द्र चन्दलाई उम्मेदवार बनाएको छ ।
यसैगरी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा माओवादीका लोकेन्द्र रानालाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ ।
जिल्लाको शिवनाथमा अध्यक्षका लागी कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षका लागी माओवादी केन्द्रका नरेन्द्र साउदलाई उम्मेदवार बनाएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच गठबन्धन भएको दशरथचन्द नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले प्रेम थापालाई उमेदवार बनाएको छ भने, एकीकृत समाजवादीले उपप्रमुखमा राजुराम भुललाई उमेदवार बनाएको छ ।
सुर्नया गाउँपालिकामा एकीकृत समाजवादीले नरेन्द्र बिष्टलाई अध्यक्षको उमेदवार बनाएकोमा उपाध्यक्षमा माओवादीले दिलाराम भट्टलाई उम्मेदवार बनाएको छ ।
सुर्नयामा यसअघि स्वेता भट्टले उपाध्यक्षको टिकट पाएको भन्दै सामाजिक सञ्जालमा चर्चा समेत भएको थियो । तर उम्मेदवारी दर्ता गराउने बेलामा दिलारामले दर्ता गराए ।
यसरी दुवै पदमा पुरुषलाई मात्रै उम्मेदवार बनाउनु दुखःद भएको महिला अधिकारकर्मी शुसिला चन्दले बताइन् । उनले भनिन्,‘अहिले सबै पार्टीमा सक्रिय महिलाहरु रहेकाछन् । । पुरुष प्रधान देश भएकाले नेतृत्वमा अझैपनी महिलालाई स्वीकार गर्न सकेका छैनन् । पार्टी नेतृत्वहरुले गल्ती गरेका छन् । यदि गठबन्धनले दुवै पद जितेमा महिलाको नेतृत्व अझ पछाडी धकेलिने छ ।’
महिला नेतृत्व मञ्च पाटनका संयोजक अनिता जोशी भट्टले भनिन् ‘हामीले सबै पार्टीहरुलाई महिलालाई मुख्य पदहरुका उमेदवार बनाउन सबै दलहरुलाई ज्ञापनपत्र बुझाएका थियौँ । उम्मेदवार बनाउने आश्वासन पनि पाएका थियौँ भने, अधिकांश ठाउँका महिलाहरुले मुख्य पदहरुमा दावी समेत गरेका हुन् । तर अन्तमा परिणाम भने ठ्याक्कै उल्टो आयो । अहिले गठबन्धनका कारण उपप्रमुखको पद समेत महिलाबाट खोसिने अवस्था आएको छ ।’
यस बिषयमा गठबन्धनमा सामेल दलहरुले भने संवैधानिक व्यवस्था अनुसार नै निर्णय गरेको र महिलाहरुले स्वःस्फुर्त रुपमा दावेदारी छाडेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend