Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीका चार पत्रकार चुनावी मैदानमा


    सोमबार, बैशाख १२ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुधा देव 

    सप्तरी  । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीका चार पत्रकारले मनोनयन दर्ता गराएका छन् ।
    नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालकोबाट जिल्लाको कंचनरुप नगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् ।

    दलित अगुवाको रुपमा परिचित उनी दुई दशकदेखी पत्रकारिता गर्दै आएका छन् । यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्ष पदमा पत्रकार हेमशंकर सिंहले जनता प्रगतिशिल पार्टीबाट मनोनय दर्ता गराएका छन् । उनी पनि २५  वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् । 

    यसैगरि राजविराज नपा वडा नं. ८ को वडा अध्यक्ष पदमा पत्रकार सतिश दत्तले मनोनयन दर्ता गराएका छन् । मैथिली साहित्य परिषदका अध्यक्ष समेत रहेका उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट अध्यक्षमा मनोनय दर्ता गराएका हुन् ।

    यसैगरि नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव चन्दनकुमार यादवले राजविराज नपा वडा नं. २ बाट वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । उनी पनि डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार