भक्तपुर । भक्तपुरको चार वटा नगरपालिकाहरुमा मेयर र उपमेयर गरी कुल आठ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ । त्यसमा पनि मेयर चार पदका लागि अत्याधिक वढी ३५ जनाको उम्मेदवारी परेको छ ।
उपमेयर चार पदका लागि १७ जनाको मात्रै उम्मेदवारी परेको छ । यहाँं विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी यी उम्मेदबारी दर्ता भएका हुन् ।
जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले जनाए अनुसार मेयरमा सवैभन्दा वढी मध्यपुर थिमिमा ११ जनाको उम्मेदवारीरी परेको छ । सवैभन्दा कम भने सूर्यविनायक नगरपालिकामा ७ जनाको मात्रै उम्मेदवारी परेको छ ।
मेयर पदका लागि भक्तपुरमा आठ जना र चाँंगुनारायणमा नौ जनाको उम्मेदवारी परेको छ ।
यहाँं नेपाली कांग्रेससहितका सतारुढ गठबन्धन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी प्रमुख शक्तिका रुपमा रहेका छन् । साथै पछिल्लो पटक राप्रपाको पनि चाँंगुनारायण नगरपालिका क्षेत्रमा प्रभाव छ ।
नेपाली कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार उठाएको छ ।
त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकामा उपप्रमुख सुभद्रा काफ्लेलाई उम्मेदवार बनाएको छ । सतारुढ गठबन्धनकोबीचमा भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायकमा गठबन्धन दलका अरु पार्टीलाई दिने सहमति भए अनुसार उम्मेदबार परेको छ ।
यसैगरी नेकपा एकिकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भए अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा उम्मेदवारी परेको छ ।
यता एमालेले मध्यपुर थिमिमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख उठाएको छ । यसरी नै सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रविन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बिना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुखमा उठाएको छ ।
मदनसुन्दर मध्यपुर थिमिका हालका प्रमुख हुन् भने बासुदेव सूर्यविनायक नगरपालिकाका हालका प्रमुख हुन् । विना चाँंगुनारायण नगरपालिकाका हालका उपप्रमख हुन् । उनीहरु तिनैजना एमालेबाट विजयी भएका थिए ।
यता भक्तपुरमा बलियो प्रभाव भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानौ अनुहार दोहयाएको छ । नेमकिपाले प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीलाई उठाएको छ ।
नेमकिपाबाट मध्यपुर थिमि नगरपालिकामा मेयरमा आशाहरि प्रजापति, उपमेयरमा दीक्षा बाडे श्रेष्ठ, चाँंगुनारायण नगरपालिकामा प्रमुखमा केशव तिमल्सिना, उपप्रमुखमा कल्पना लामालाई उठाएको छ । यस्तै उक्त पार्टीबाट सूर्यविनायक नगरपालिकाको प्रमुखमा श्याम बिसंखे र उपप्रमुखमा चनमति खुलिमुलीलाई उम्मेदवार बनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend