Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित एक युवक पक्राउ


    सोमबार, बैशाख १२ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । सोमबार बिहान जिल्लाको आँबखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट रुपन्देहीको तिनाउ नगरपालिका–११ का २१ वर्षीय सागर कुँवर क्षेत्री लागूऔषधसहित पक्राउ परेका हुन् ।

    सुनौलीबाट पोखरा आउँदै गरेको बसमा चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी युवराज खड्काले बताए । 

    उनको साथबाट १५० एम्पुल डाइजेपाम, १५० एम्पुल फेनरागन र १५० एम्पुल ब्रोनोरफोनसहित ४५० एम्पुल लागूऔषध बरामद गरिएको छ । उनले झोलामा लागूऔषध लुकाएर ल्याएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार