काठमाडौं। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उनले मेयरको टिकट पाएसँगै उनीमाथि नेताको पावरको आधारमा टिकट पाएको चर्चा चलिरहेको छ । तर, उनले आफु प्रकाशमानसिंहको पत्नी नभई राजनीतिक योगदानको आधारमा टिकट पाएको दाबी गरिन् ।
राष्ट्रियसभा गृहमा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएपछि उनले आफुले पार्टीमा ठूलो योगदान गरेको बताइन् । नेताको पत्नी भएकाले तपाईले सहज रूपमा टिकट पाउनुभयो भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हो म गणेशमानसिंह बुहारी, प्रकाशमानसिंहको श्रीमती हो । यो कुरा कतै लुकाएर लुक्दैन् । प्रकाशमानलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नो राजनीतिक योगदान पार्टीमा थियो ।’
‘देशमा प्रजातन्त्र ल्याउन धेरै संघर्ष गरेको उनले स्मरण गराईन् । देशमा प्रजातन्त्र ल्याउन, महिलाहरूको हकहितका लागि धेरै संघर्ष गर्दै आएको व्यक्ति हुँ । मैले हनुमानढोका छिँडी धेरै कटाएको छु,’ उनले भनिन्, ‘प्रजातन्त्र ल्याउन मेरो आफ्नै योगदान छ । बिहे गरेपछि मैले राजनीति छोडेन् । तर, कुनै पनि पदमा बसिन् । घरका सबै जना राजनीतिमा भएकाले कुनै पद ओगटेर बसेको थिईन् । तर, मैले राजनीतिक रूपमा गर्नुपर्ने कामहरू गर्दै आएकी थिइन् ।’
भातृ संगठनमा, महिला संघमा रहेर लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ छ । उनी अहिले पनि नेपाली कांग्रेस महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार रूपमा जिम्मेवारी बहन गर्दै आएकी छिन् ।
उनीमाथि १४ औं महाधिवेशनमा प्रकाशमानसिंहले शेरबहादुर देउवालाई सहयोग गरेको कारण टिकट पाएको आरोप लाग्दै आएको छ । तर, उनले भने त्यो आरोप निराधार रहेको बताइन् ।
‘म जीवनभर लोकतन्त्रको लागि लडेर आएको परिवारको मान्छे हुँ । मैले राजनीतिक परिवर्तनका लागि लामो संघर्ष गरेर आएको हुँ । पार्टीले मलाई मेरो क्षमता र पार्टीमा पु¥याएको योगदानको आधारमा टिकट दिएको हो ।’ सिंहले भनिन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend