Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार


    सोमबार, बैशाख १२ २०७९
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।

    उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ ।

    स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार