Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता


    सोमबार, बैशाख १२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् । 

    मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र  समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने `लब्ली´ रहेका छन् ।

    भरतपुरमा माओवादीलाई मेयर र का‌ंग्रेसले उपमेयर पाएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार