Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?


    शनिबार, साउन ३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक ३ः१० मा सुरु भएको थियो । 

    बैठक अगाडि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच एक्लाएक्लै छलफल समेत भएको थियो। दुई घण्टा बढी दुई अध्यक्ष बीच छलफल भइसचिवालय बैठक सुरु भएको हो। सचिवालय बैठकबाट सहमति निकाल्ने तयारी रहेको बालुवाटार निकट स्रोतले बताएको छ । 

    गत १० असार देखि सुरु भएको स्थायी कमिटी बैठक पटकपटक स्थगित भइरहेको छ । बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी ओलीको राजीनामा मागिएपछि स्थायी कमिटी बैठक विवादित बनेको थियो ।

    दुई दिनअघि ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको त्रिपक्षीय छलफलपछि स्थायी समिति बैठक बोलाउने सहमति भएको थियो। तर पनि शुक्रबार फेरि दुई दिनको लागि बैठक स्थगति गरिएको थियो।

    नेकपा विवाद समाधानको दिशामा जान नसकेपछि सचिवालय बैठकमा सहमति जुटाएर स्थायी कमिटीमा छलफल गरिने तयारी रहेको बुझिएको  छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार