काठमाडौं । आज देशभर ५७ जना कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएको ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ। काठमाडौैं उपत्यकामा आज कुनै संक्रमित भेटिएनन् ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार ६ सय ३७ पुगेकाे छ ।
हाल ५ हजार ८ सय २५ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार २ सय ७५ सय जना क्वारेन्टिनमा छन्।
शनिबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।