Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर ५७ जनामा कोरोना पुष्टि, काठमाडौंमा भेटिएनन् कुनै संक्रमित


    शनिबार, साउन ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शनिबार देशभर ५७ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ। काठमाडौैं उपत्यकामा आज कुनै संक्रमित भेटिएनन् ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार ६ सय ३७ पुगेकाे छ ।

    हाल ५ हजार ८ सय २५ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार २ सय ७५ सय जना क्वारेन्टिनमा छन्। 

    शनिबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार