खोटाङ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न दिएको पहिलो दिन आज ठूला दलले उम्मेदवारी दर्ता गर्न सकेनन् । काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिकामा पनि नेपाली कांग्रेस, एमालेजस्ता दलले उम्मेदवारी दर्ता गर्नसकेनन् ।
महानगरमात्र होइन, धेरै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा समेत ठूला दलले उम्मेदवारी दर्ता गर्न सकेका छ्रैनन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बैशाख ११ र १२ गते गरी २ दिन छु्ट्याएको छ । अब सोमबार ठूला दलहरुले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
यसैबीच, मनोनयन दर्ताको पहिलो दिन खोटाङका कुनै पनि ठूला दलले उम्मेद्वारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेद्वार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन र एमालेले उम्मेद्वारी दर्ता गराउन नसकेका हुन् । ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले रातभरमा उम्मेद्वार टुंग्याएर सोमबार साँझ ५ बजेसम्ममा उम्मेद्वारी दर्ता गराउने तयारी गरेका छन् ।
पहिलो दिन राप्रपा, खम्बुवान राष्ट्रिय मोर्चा र मंगोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुख सहित वडाध्यक्ष र वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेद्वारले पनि वडाध्यक्ष र वडासदस्यमा उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । वडाध्यक्षमा तीन जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ ।
जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेद्वारी दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ । मंगोल नेशनल अर्गनाइजेसनले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेद्वारी दिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा माओवादी केन्द्रले वडाध्यक्ष सहित चार सदस्यमा उम्मद्वारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा राप्रपाले वडाध्यक्ष सहितमा मनोनयन दर्ता गराएको कार्यालयले जनाएको छ ।
यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानी र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा एमालेले वडाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गराएको छ ।
बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेद्वारी दर्ता गराएको छ ।
यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेद्वारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend