सुरेश परियार
सिमकोट । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कांग्रेस हुम्लाका पूर्वकोषाध्यक्ष दीपबहादुर सिंहले उपाध्यक्ष पदका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनभित्र कांग्रेसबाट उनको नाम नपरेपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । सिहं कांग्रेसको छैटौँ जिल्ला अधिवेशनबाट कोषाध्यक्षमा चयन भएका थिए । सिंह थाहा पाएपछि उनले स्वतन्त्रबाट मनोनयन दर्ता गरेको जनाएका छन् ।
पहिलो मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने आठ जनामा सात जताले स्वतन्त्रबाट दर्ता गराएका हुन । मनोनयन दर्ता गराएकाहरूमा गाउँपालिका उपाध्यक्ष वडाध्यक्ष, सदस्य पदका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।
स्वतन्त्रबाट मनोनयन दर्ता गर्नेमा पार्टीबाट टिकट नपाएपछि रुष्ट रहेका व्यक्तिको संख्या बढेको छ । त्यसैगरी, सिमकोट ६ का जयचन्द्र रोकायाले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ।
रोकायाले यसअघि नेकपा माओवादी केन्द्र बाट वडाध्यक्ष जितेका थिए । सिमकोट गाउँपालिकाकै ७ वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हर्कबहादुर शाहीले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।
सिमकोट गाउँपालिका ७ का दिपी सिंहले पनि वडा अध्यक्षमा आफ्नो मनोनयन दिएका हुन् सिंह यो भन्दा पहिला नेपालि कांग्रेसका स्थानीय स्तरका नेता रहेको खबर प्रप्त भएको छ ।
खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेबाट प्रकाश बहादुर शाहीले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाहीले बताए ।
खार्पुनाथ गाउँपालिका–५ को अध्यक्षमा केन्द्रराज शाही र सदस्य पदका लागि पनि एमालेको तर्फबाट मनोनयन दर्ता गरिएको सहायक निर्वाचन अधिकृत शाहीले बताए ।
हुम्ला जिल्लाको तल्लो भेग ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहले एक जना वडा अध्यक्ष र सदस्य स्वतन्त्र पदका लागि दरखास्त फारम लिए पनि मनोनयन दर्ता भने नभएको बताए ।
हुम्ला जिल्लाका अन्य चार गाउँपालिका नाम्खा, सर्केगार्ड, चङ्खेली र अदानचुली गाउँपालिकामा भने कुनै मनोनयन दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोटले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend