Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घोराहीमा गठबन्धनले गर्‍यो वडा बाँडफाँड


    आइतबार, बैशाख ११ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ ।  घोराही उपमहानगरपालिकाका मेयर उपमेयर बाँडफाँड गरेको सत्ता गठबन्धनले शनिबार वडा बाँडफाँड टुंगाएको छ । मेयर माओवादी केन्द्रलाई र उपमेयर काग्रेसलाई छुट्ट्याएको गठबन्धनले  १९ वडा दलगतरुपमा विभाजन गरेको छ ।  

    नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव आरके शीतलका अनुसार उपमहानगरपालिकाका १३ वडा नेपाली काग्रेसलाई, ४ वडा माओवादी केन्द्रलाई र २ वडा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । 

    नेपाली कांग्रेसले १३ वडामा अध्यक्ष पाउने छ । सचिव आरके शीतलका अनुसार कांग्रेसले वडा नम्बर २, ३, ५, ६, ७, ८, १०, ११, १३, १५, १६, १८, १९ को अध्यक्ष पाउने छ । भने माओवादी केन्द्रले  वडा नम्बर ९, १२, १४, १७ पाएको छ । त्यस्तै समाजवादीले वडा नम्बर १ र ४ को अध्यक्ष पाएको छ । 

    जिल्लामा भएको लामो छलफल र संवाद पछि सत्ता गठबन्धन दलले घोराहीका वडा विभाजन गरेर साझा उम्मेदवार बनाउन सहमत भएका छन् । 
    तुलसीपुर उपमहानगरपालिका वडा विभाजनका शनिवार अवेरसम्म पनि गठबन्धन दल छलफलमै रहेका थिए । भने गाउँपालिकाको बाँडफाँड आइतबार अबेर सम्ममा टुंगाउने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार