भक्तपुर । भक्तपुरको चार वटा नगरपालिकाहरुमा मेयर पदका लागि पहिलो दिन आइतबार ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने पहिलो दिन जिल्लामा ११ जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यायल भक्तपुरले जानकारी गराएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम दर्ता गर्ने पहिलो दिनमा जिल्लाका ४ वटा नगरपालिकाहरुमा ११ जना प्रमुखका आकांक्षीहरुले सम्बन्धित नगरपालिकाको निर्वाचन कार्यालयमा नाम दर्ता गरेका हुन् ।
भक्तपुर नगरपालिकाको निर्वाचन कार्यालयमा तीन जनाले प्रमुख, १ जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् भने ८ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
मध्यपुर थिमि नगरपालिकाको निर्वाचन कार्यालयमा ४ प्रमुख १ उपप्रमुख १ वडाध्यक्ष र २ वडा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी चाँगुनारायण नगरपालिकामा २ प्रमुख १ उपप्रमुख २ वडाध्यक्ष र सूर्यविनायक नगरपालिकामा २ प्रमुख २ वडाध्यक्षले नाम दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्कोटाले जनाए । उनका अनुसार जिल्लामा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दलहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्तामा रहेका छन् ।
पहिलो दिन सतारुढ गठबन्धन, नेकपा एमाले, स्थानीयस्तमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीबाट कसैले पनि उम्मेदवारी दर्ता गराएनन् ।
पहिलो दिनमा उम्मेदवारी दर्ता गर्नेको संख्या कम भएसँगै दोस्रो दिन भीड हुने आंकलन गरिएको छ । आचारसंहिता पूरा गरी आउनेलाई उम्मेदवारी दर्ताका लागि भोलि सोमबार बिहानदेखि नै कर्मचारी परिचालन गरिएको उनले बताए । भीड हुन नदिन कार्यालय समय अगाडिबाटै दर्ता प्रकृया थाल्न पनि तयार भएको उनले बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend