पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।
आफ्नो मनोनयन दर्ताको अघिल्लो दिन मेयरको उम्मेदवार शंकर खराल र उपमेयरकी उम्मेदवार रञ्जना सेन पौडेलले कसम खाएका हुन् । राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए ।
मेयर र उपमेयर सहित कास्कीका पालिकामा चुनाव लड्ने सबैले एकै पटक कसम खाएका छन् । मेयरका उम्मेदवार खरालले मन्दिरमा बसेर राष्ट्र र राष्ट्रियताका लागि शपथ खाएको बताए ।
‘सरकारी तलब खाएर आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन पाइने छैन । त्यो हामी रोक्छौं । हाम्रो उम्मेदवारी पोखरालाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो । राजनीतिलाई शुद्धीकरण गर्नका लागि हो,’ उनले भने, ‘गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं । स्मार्ट सिटी बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो पोखरा निर्माण गर्छौं ।’
प्रदेश कमिटी अध्यक्ष गुरुङले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकोले त्यसको अन्त्य राप्रपाले गर्ने बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend