Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय


    आइतबार, बैशाख ११ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बिभिन्न ३ वटा निर्णय गरेको छ । 

    कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने र  विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय कांग्रेसले गरेको छ ।

    त्यस्तै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी विधानको व्यवस्था बमोजिम सम्बन्धित महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको राय सहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये विराटनगर, काठमाण्डौ र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५४ बमोजिम पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री  शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने गरी केन्द्रीय संसदीय समितिले गरेको निर्णयलाई विधानको धारा ३१ (२) बमोजिम अनुमोदन गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार