Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले प्रदेश अध्यक्षकी श्रीमती गाउँपालिका अध्यक्ष उम्मेदवारः पार्टीभित्रै बिरोध


    आइतबार, बैशाख ११ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत ।  नेकपा (एमाले)का कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएका छन् । शाहले उक्त गाउँपालिकामा आफ्नी श्रीमतीलाई उम्मेदवार बनाएका हुन् ।

    कार्यकर्ताले लक्ष्मीदेवी शाह बाहेक अन्यको बिकल्प खोज्नुपर्छ भन्दा पनि दुईदिनदेखि लगातार बसेको एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकबाट शाहले आफ्नो श्रीमती शाहलाई अध्यक्षमा उम्मेदवार बनाएका हुन् । यस्तै, एमालेले उपाध्यक्षमा देवीराम बडुवाललाई उम्मेदवार बनाएको छ ।

    यसअघि एमालेबाट ठाटीकाँधको अध्यक्षमा ६ जनाले दाबी गरेका थिए । तर, एमाले प्रदेश अध्यक्ष शाहको जोडबलमा उनकी श्रीमतीलाई अध्यक्ष बनाउने निर्णय भएको एमाले नेताहरुको आरोप छ । पालिकामा उम्मेदवारको सिफारिस हुन नसकेपछि ६ जनै आकाङ्क्षीहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा जम्मा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार