काठमाडौं । नेकपा (एमाले)बाट पोखरा महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका दीपक पौडेललाई फिर्ता गर्ने तयारी गरेको छ । पृथ्वी चोकमा रहेको सुन पसलबाट केही बर्षअघि सिक्री चोरी गरेको सीसीटीभी फुटेजको भिडियो नै सार्वजनिक भएपछि एमालेले पौडेलको उम्मेदवारी फिर्ता गरी वर्तमान उपमेयर मन्जु गुरुङलाई मेयरमा उठाउने तयारी गरेको छ ।
सीसीटिभी फुटेजका आधारमा पौडेलले सिक्री चोरेको प्रमाणित भएपछि उनले पछि सिक्री फिर्ता गरेका थिए । शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाएको हो । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् ।
पोखरा महानरपालिका १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । ओली पोखरा जाँदा पौडेलकै आतिथ्यतामा बस्ने गरेका छन् । पौडेल कृष्ण थापा र राजीव पहारी जति स्थापित नभए पनि ओलीले मेयरमा उम्मेदवार बनाएका थिए । तर उनको सिक्री चोरीको भिडियो नै सार्वजनिक भएपछि एमाले उनलाई ब्याक गर्ने तहमा पुगेको छ । सिक्री चोरीको आरोप लागेका पौडेललाई मेयरमा उम्मेदवार बनाइएपछि उपमयेर मन्जु गुरुङले उपमेयरको टिकट नै अस्वीकार गरेकी थिइन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend