काठमाडौं । नेपाली कांग्रेसले अबको दशकमा ‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्ने जनाएको छ ।
कांग्रेसले आइतबार सार्वजनिक गरेको निर्वाचन घोषणापत्रमा उक्त कुरा बताएको हो ।
‘अबको दशकमा हाम्रो शिक्षाप्रणालीलाई व्यापक सुधार गर्दै सबैलाई गुणस्तरीय शिक्षा दिलाउने हाम्रो पार्टीको प्रमुख लक्ष्य रहनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘जसको लागि ‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्दै बालबिकासदेखि माध्यामिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लानेछौं ।’
विद्यालयमा उपस्थिति दर उत्साहजनक देखिएता पनि ड्रप–आउट दर घटाउन र रिटेन्शन दर बढाउने नीति र कार्यक्रमहरु अबलम्बन गर्दैजाने पनि घोषणापत्रमा उल्लेख छ ।
द्रूत गतिमा विकास भइरहेको प्रविधि, भूमण्डलिकरण र विश्व परिवेशमा विकसित हुँदै गरेको आर्टिफिशल इन्टेलिजेंस, रोबोटिक्स, स्वचालनको उपभोग मात्र गर्ने हैन, तिनको विकास र निर्माणमा सहभागी हुन सक्ने शिक्षाको जग बसाउन कांग्रेसको नेतृत्वका सरकारहरूले समानान्तर रुपमा प्राथमिकतामा राख्ने घोषणापत्रमा जनाइएको छ ।
शिक्षा क्षेत्रमा सिकाई केन्द्रित विद्यालय, जवाफदेही प्रणाली, सबल नेतृत्व, उत्प्रेरित शिक्षक, जागरुक अभिभावक, प्रतिबद्ध कर्मचारी र स्रोतको उपलब्धतामा कांग्रेसले जोड दिने घोषणापत्रमा उल्लेख छ ।
हरेक स्थानीय तहमा एउटा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रको रूपमा कम्तीमा एउटा ‘अगुवा विद्यालय’ स्थापना गर्ने र विद्यालय शिक्षामा हाल रहेको उच्च विद्यालय छाड्ने दरलाई कम्तीमा २० प्रतिशतले घटाउने कांग्रेसले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend