Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थायी कमिटी निष्कर्षविहीन, आज ३ बजे सचिवालय बैठक बोलाइयो


    शनिबार, साउन ३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एक महिनादेखि पटक पटक स्थगित हुँदैआएको स्थायी कमिटी बैठकबाट कुनै निष्कर्ष ननिस्केपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुनः सचिवालय बैठक बोलाएको छ ।

    शुक्रबार स्थायी समिति बैठक राखिएकोमा स्थगित गरी शनिबार ३ बजे सचिवालय बैठक बोलाइएको छ । नेकपाको स्थायी कमिटी बैठक असार १७ देखि स्थगित हुँदैआएको छ ।

    स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् । जसले गर्दा नेकपा नै विभाजन हुने चिन्ता नेता कार्यकर्तामा ब्याप्त छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार