Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुक्रबार भेटिए १०१ संक्रमित, २८५ जना डिस्चार्ज


    शुक्रबार, साउन २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार देशभर १ सय १ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ४ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको छ। काठमाडौैं एक र भक्तपुरमा दुई गरी उपत्यकामा कुल तीन जना संक्रमित पाइएकाे छ ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा २ सय  ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार ५ सय ३४ पुगेकाे छ ।

    हाल ५ हजार ८ सय ७१ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २२ हजार ७ सय ५६ सय जना क्वारेन्टिनमा छन्। 

    शुक्रबार धरानमा सप्तरीका एकजनाको मृत्यु समेत भएको छ । यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार