काठमाडौं । पूँजी बजारलाई राहत दिने गरी शेयर धितो कर्जाको सीमा बढाइएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
केन्द्रीय बैंकले शेयर धितो कर्जाको सीमा बढाएर ७०% पुर्याएको छ । यसअघि शेयर धितो कर्जा राखेर ६५% सम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५% बढाएर ७०% पुर्याएको हो ।
यसैगरी, १ सय ८० दिनको औसत मूल्यांकन अवधिलाई घटाएर १२० दिनमा झारिएको छ। यसले पूँजी बजारका लगानीकर्ताले शेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् ।