Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खेलकुद परिषदमा किन दोहोरिन चाहन्छन् रमेश सिलवाल ?


    शुक्रबार, साउन २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । खेलकुद परिषदको सदस्य सचिवका लागि २७ जनाले आवेदन दिएका छन् । खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सात दिनको समय तोक्दै दरखास्त आह्वान गरेको थियो । नयाँ खेलकुद ऐन असार १८ गतेबाट कार्यान्वयनमा आएपछि सरकारले नियुक्त गरेका पदहरू रिक्त भएको थियो ।

    निवेदन दिने अन्तिम दिन बिहीबारसम्म आवेदन दिनेमा निर्वतमान सदस्य सचिव रमेश सिलवालसहित सुदिल शाही, विजयकुमार राई, ध्रुवराज न्यौपाने, रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, मिना श्रेष्ठ, शिबराज भट्ट, लिलबहादुर थापामगर, रवि राजकर्णिकार, अच्यूतम लामिछाने, निलमसिंह बज्राचार्य, रामेश्वर श्रेष्ठले आवेदन दिएका छन् ।

    त्यस्तै मनबहादुर गुरूङ, सानुराजा केसी, किशोर शाही, अन्जु श्रेष्ठ, रमेशमान डंगोल, खेमराज अधिकारी, राम पुडासैनी, सुनिल नकर्मी, रणबहादुर चन्द, दीपेन्द्र ढकाल र तेजबहादुर गुरूङको पनि आवेदन परेको छ ।

    आवेदन दिएका निवर्तमान सदस्य सचिव सिलवालले साग गेममा अनियमितता गरेको बिषय सार्वजनिक भइरहेको छ । साग गेमको हिसाबकिताव गोलमाल गरेका कारण पनि उनी त्यो मिलाउन पुनः नियुक्ति हुने दाउमा छन् । साग गेममा गरेको अनियमितताका कुरा बाहिर आएपछि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भुक्तानी नै रोकेका छन् ।

    रंगशालामा छाना छाउँदा पनि उनले मनपरी खर्च गरेका छन् । सिलवालले सदस्य सचिव भएपछि परिषदको बोर्ड बैठक एक पटक पनि नराखी एक्लौटी ढंगले संचालन गर्दैआएको आरोप छ । उनले कुनै पनि निर्देशिका नै नबनाई मनपरी खर्च गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुुरी परेको छ ।

    सदस्य सचिव सिलवालले कोषाध्यक्ष शैलेश कर्माचार्यको बहिर्गमनपछि नियुक्ति नै रोकेका छन् । कोषाध्यक्ष नियुक्ति नै रोकेर उनले खर्च अनुमोदन नै गराएका छैनन् । परिषदको खर्च कोषाध्यक्षबाट अनुमोदन हुनुपर्छ । तर भएको छैन ।

    सिलवालले नियम विपरीत मदन भण्डारी स्पोर्टस् एकेडेमीका विनोद श्रेष्ठलाई नियुक्ति दिएका छन् । सागगेममा खेल सामग्री तथा ब्यवस्थापनमा पुरेन्द्रविक्रम लाखेलाई राखेका थिए । परिषदमा अनियमिततै अनियमितता गरेका कारण अख्तियारले छानबिन गर्ने भयका कारण पनि सिलवाल पुनः दोहोरिनका लागि आवेदन दिएको हुनसक्ने परिषदका अधिकारी बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार