Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको प्रतिष्ठानमा तीन निर्देशक नियुक्त


    शुक्रबार, साउन २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानमा तीन जना सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन्।

    ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (घ) बमोजिम नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेल (तनहूँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुंगेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा) लाई नियुक्त गर्नु भएको हो,’ प्रष्ठिानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गर्नु भएको थियो।’

    निर्देशकहरु तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसंग समन्वय गरी कार्यक्रमहरु गर्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार