Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठगीको अनौठो शैली: सस्तोमा सामान बेच्‍ने, उधारो नतिर्ने


    शुक्रबार, साउन २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमडौं । झापाका चन्दन जिन्दलले पछिल्लो समय खाद्यान्नको ठूलो कारोबार गरे। लकडाउनको समयमा समेत निरन्तर सामान ल्याएका उनले पसलेहरुलाई सामान सस्तोमा बेच्‍ने समेत गरेका थिए ।

    तर बिहीबार साँझ महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई गठ्ठाघर क्षेत्रबाट पक्राउ गर्‍यो। उनी पक्राउ परेसँगै उनको बदमाशी पनि बाहिर आएको छ । झापा-७ का २९ वर्षीय चन्दन जिन्दलले बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरूबाट खाद्यान्न उधारोमा लिने गरेका थिए ।

    काठमाडौंका व्यापारीहरूलाई खरिद मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्ने गरेका उनले सामान लिएको ठाउँमा भने पैसा नै नतिर्ने गरेका थिए । 

    ठगीको अनौठो शैली सुरु गरेका चन्दनलाई  चार जिल्लाका २२ जनाबाट सात करोड २१ लाखभन्दा बढी ठगी गरेको उजुरीको आधारम उनलाई प्रहरीले पक्रेको हो ।

    चन्दनले झापा, बारा, पर्सा र सर्लाही बस्ने विभिन्न व्यक्तिहरूलाई ठगेर फरार थिए। आफूलाई मनिष अग्रवाल भनेर चिनाउने चन्दनले ठगी तथा बैंकिङ कारोबारमार्फत् सात करोड ८१ लाख ४२ हजार ठगेको महाशाखाले जनाएको छ ।

    उनीविरूद्ध थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार