Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा स्थायी समिति बैठक साउन ४ सम्मका लागि स्थगित


    शुक्रबार, साउन २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा स्थायी समितिको बैठक फेरि दुई दिनको लागि स्थगित भएको छ । विवाद समाधान गर्नका लागि भन्दै बैठक स्थगित गरिएको हो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी समितिको बैठक साउन ४ गत दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । 

    आज बैठक बस्‍नका लागि हिजो दुई अध्यक्षले सहमति गरेकाले अधिकांश स्थायी कमिटी सदस्यहरु तयार रहेका थिए । अन्तिम समयमा बैठक स्थगति भएको सूचना पाएसँगै ती सदस्यहरु बालुवाटार नगएको बुझिएको छ । बिहान ११ बजेसम्म चार घण्टाका लागि मात्रै स्थगित भएको बैठक अहिले दुई दिनको लागि रोकिएको हो ।  

    पछिल्लो १५ दिनमा नौ पटक दुई अध्यक्षबीच छलफल भएपनि नेकपाको विवाद मिल्न सकेको छैन । प्रम ओली र प्रचण्ड दुबैपक्षले आफ्नो अडान नछोडेको कारण विवाद मिल्न नसकेको बताइन्छ ।

    तर पछिल्लो समय भने प्रम ओलीले प्रचण्डलाई पार्टीमा प्रभावकारी रुपमै कार्यकारी अध्यक्ष बन्न सघाउने विषयमा अनौपचारिक सहमति भएका छन् । तर स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्‍ने विषयमा कुरा नमिलेको स्रोतले नेपाल फेसलाई जानकारी दिएको छ।

    प्रचण्ड समूह भने स्थायी समिति बैठकबाट केन्द्रीय समिति बैठक आव्हान गर्नका लागि जोड गरिराखेको छ भने प्रम ओली यसको विपक्षमा रहेको बताइन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार