काठमाडौं । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन्।
रक्षा समाचारदातासँग जंगी अड्डामा बिहीबार भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्ने प्रस्थान बिन्दु हुनुपर्ने बताए।
यसअघिका प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे थिए । उनी करिव १५ महिनाको प्रवक्ताको जिम्मेवारी पूरा गरी सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्न लागेका छन् ।