Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको उच्च जोखिममा प्रहरी, अहिलेसम्म १०३ प्रहरी संक्रमित


    शुक्रबार, साउन २ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमण बढेसँगै कोरोना भाइरस (कोभिड-१९) को उच्च जाेखिममा रहेका प्रहरीमा पनि संक्रमण पाइने दर बढिरहेको छ । 

    अहिलेसम्म नेपालका विभिन्‍न जिल्लाका १ सय ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये पाँचजना इन्स्पेक्टर, सातजना सई, सातजना असई, ३० जना हवल्दार, ५३ जना प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । यसरी संक्रमित हुनेमा प्रहरीमा दुई महिला र १ सय १ पुरुष रहेका छन् ।

    संक्रमितमध्ये उपचारपछि ८१ जना डिस्चार्ज भइसकेको बताइएको छ । संक्रमण देखिएकाहरु काठमाडौंका आठ, भक्तपुरका एक, धनकुटाका एक, बाराका सात, धनुषाका १०, सर्लाहीका दुई, सिराहाका तीन, सप्तरीका चार, रौतहटका चार, महोत्तरीका दुई, तनहुँका दुई, नवलपरासीका पाँच, बाग्लुङका एक, बाँकेका दुई, कपिलवस्तुका ६, गुल्मीका एक, दाङका दुई र प्युठानका दुई जना छन् ।

    यस्तै जुम्लाका दुई, जाजरकोटका एक, दैलेखका १४, सुर्खेतका आठ, डोल्पाका दुई, कञ्‍चनपुरका चार, अछामका दुई र बाजुराका ६ प्रहरी गरी कूल १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार