काठमाडौं। सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। बिहीबार राती भएको भिडन्तमा २ जनालाई गोली हानी नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताए।
हतियार बोकेको समूह रहेको थाहा पाएपछि देवानगञ्ज पुगेको प्रहरीमाथि सो समूहले एक्कासी गोली चलाएको एसपी थापाले बताए। सो समूह गोली चलाउँदै दशगजातर्फ गएको समेत उनले बताए। प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको जनाएको छ।प्रहरीमाथि आक्रमण गर्ने सो समूहमा भारतीय हतियार तथा लागु औषध तस्करहरु रहेको एसपी थापाले बताए। प्रहरीले चलाएको गोली लागेर दुई भारतीय पिन्टु यादब र राजेश यादब घाइते भएका छन् भने तीन जना फरार भएका छन् । दशगजातर्फ भागेका उनीहरुको खोजी भइरहेको एसपी थापाले वताए।