Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्याङ्जाको पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना


    बिहिबार, साउन १ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । स्याङ्जाको  पुतलीबजारमा  करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालयले जिल्ला समन्वय समितिको परिसरबाट आजदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो ।

    जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पोखरा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोख्रेलले पहिलो सेवाग्राही जिल्लाका स्थानीय व्यवसायी नवराज सुवेदीलाई माला र टीका लगाई सेवाको शुभारम्भ गर्नुभयो । जिल्लाबासीको मागसँगै जिल्लामा करदाता धेरै रहेकाले जिल्ला सदरमुकामस्थित पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरिएको कार्यालयका प्रमुख कर्म लामाले बताउनुभयो । जिल्लामा करीब १५ हजार करदाता रहेको कार्यालयले अनुमान गरेको छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार