Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहीबार भेटिए १६७ संक्रमित, २१३ जना डिस्चार्ज


    बिहिबार, साउन १ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार देशभर १ सय ६७ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ जना पुगेको छ। काठमाडौैं उपत्याकामा भने १ जना संक्रमित पाइएकाे छ ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा २ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार २ सय ४९ पुगेकाे छ ।

    हाल ६ हजार ५६ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ५ सय जना क्वारेन्टिनमा छन्। यस्तैगरी राैतहटका एकजनाकाे बुधबार मृत्यु भएकाे छ । बुधबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार