Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्भर ह्याक गर्दै टेलिकमको प्याकेज बेच्‍ने दिवाकर पक्राउ


    बिहिबार, साउन १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय प्रविधिको प्रयोग गर्दै बदमशी गर्ने क्रम बढेको छ । छोटो समयमा धेरै कमाउन चाहनेले नै यस्तो गर्दै आएका प्रहरीको निष्कर्ष रहेको छ। 

    बुधबार नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस्तै एक युवालाई पक्राउ गरेको छ ।  

    नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत २८ वर्षीय दिवाकर देउजालाई बुधबार सीआईबीले पक्राउ गरेको हो ।

    धनकुटा–४ बस्ने दिवाकरले नेपाल टेलिकमको सर्भर ह्याक गर्दै मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरेका थिए । उनले त्यसमार्फत् नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्रीसमेत गरेको ब्युरोको अनुसन्धानमा खुलेको छ ।

    यसअघि गत असार १२ गते नेपाल टेलिकमले आफ्नो सर्भर ह्याक भएको भन्दै ब्यूरोमा उजुरी दिएको थियो।

    दिवाकरलाई विद्युतिय कारोवार ऐन २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार