Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकियाे त्रिपक्षीय छलफल, सहमति भने भएन


    बिहिबार, साउन १ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपाभित्र जारी विवाद समाधानकाे लागि भएको बिहीबारको छलफल सकिएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलले विवाद समाधानलाई अन्तिम रुप दिन नसकेपछि आजको छलफलनमा माधव नेपाल समेत उपस्थित भएका थिए । 

    तर, नेता नेपाल सम्मिलित आजको छलफल करिब ३ घण्टा चलेकाे थियो । आजको बैठकमा धेरै सकारात्मक कुरा भएपनि ठोस निष्कर्ष ननिस्केकाे बताइएको छ। अरु विषयमा सहमति भएको वा नभएको विषयमा भने केही बताइएकाे छैन ।  

    यसअघि विवाद समाधानका लागि ओलीले प्रचण्डलाई पार्टीमा स्पष्ट भूमिका दिन सहमत भइसकेकाे बताइएको थियो । यस्ताेमा नेता नेपाललाई पनि चित्त बुझाउने प्रयास रहेकाे र आजकाे छलफलमा उनलाई दुई अध्यक्षको सहमतिमा डाकिएकाे समेत बताइएकाे छ ।

    यसअघि नेकपामा प्रम ओली एकपक्षीय रुपमा हावी भएपछि प्रचण्ड–नेपाल एकजुट भएका थिए । साे समूह बलियाे भएसँगै प्रम ओली नेकपा सचिवालय, स्थायी समिति र केन्द्रीय समिति सबैमा अल्पमतमा परेका छन् ।

    साेहीकारण नेकपामा विवाद बढ्दै गएकाे थियो । फलस्वरुप स्थायी समिति बैठकमा प्रम ओलीसँग राजीनामा मागिएकाे थियो । राजीनामा मागेसँगै नेकपा नै फुट्ने गरी विवाद चर्किएकाे थियो । तर पछिल्लाे समय विवाद मत्थर हुने शिलशिलामा रहेकाे बुझिएकाे छ । 

    आजकाे छलफलमा चर्काचर्की नभएमा नेकपाको विवाद समाधान हुने बालुवाटार निकट स्रोतले जनाएकाे छ। यो सँगै नेकपा स्थायी समितिको भाेलिकाे बैठक समेत बस्‍न सक्‍ने बताइएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार