Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राखेप सदस्यसचिवमा सिलवालकै सम्भावना, यस्ताे छ कारण


    बिहिबार, साउन १ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ प्रमाणीकरण भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेश सिलवालले राजीनामा दिनु पर्‍यो ।

    खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन ल्याएसँगै राखेपका बोर्ड सदस्यहरुको कार्यकाल समाप्त भएको थियो।

    सदस्यसचिव  पदमा एक वर्ष मात्र बिताएका सिलवाल फेरि साेही पदमा दोहोरिने भएका छन् । उनलाई फेरि सदस्यसचिव बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो देखाएका छन् ।

    यसअघि सिलवाल पदमुक्त भएसँगै युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तराज ढकाललाई कार्यबाहक सदस्यसचिव तोकिसकेको छ । 

    नयाँ सदस्यसचिव छनोटकाे लागि खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलीयाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको भइसकेको छ । समितिमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य छन् । 

    प्रक्रिया पुर्‍याउनका लागि नयाँ सदस्यसचिव पदका लागि खुला आवेदन मागिएको थियो । बिहीबार आवेदन दिने अन्तिम दिन हो ।

    समितिले  मापदण्ड भित्र पर्ने एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले त्यो सूचीबाट सदस्य सचिवका लागि उपयुक्त नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गर्ने बताइएको छ । 

    बिहीबारसम्म कूल १३ जनाको आवेदन परिसकेको छ । यसरी आवेदन दिनेमा निवर्तमान सदस्यसचिव रमेश सिलवाल, रोशन महर्जन, अनिल अधिकारी र हर्क बहादुर राई छन् । यस्तैगरी मिना श्रेष्ठ, शिवराज भट्ट, लिलबहादुर थापा, रविराज कर्णिकार, अच्युत लामिछाने, निलम बज्राचार्य, अन्जु श्रेष्ठ, मेघराज पौडेल र रामेश्वर श्रेष्ठ रहेका छन्। 

    आवेदन दिनेकाे संख्या धेरै भएपनि सदस्यसचिव पदमा सिलवाल नै दाेहाेरिने पक्का भएकाे खेलकुद मन्त्रालय स्रोतले नेपाल फेसलाई बताएको छ । यसरी उनकाे बलियो हुनुमा प्रम ओलीको ‘इन्ट्रेष्ट’ मूलकारण रहेकाे उनकाे दावी छ । 

    यसअघि नयाँ सदस्यसचिव छनोटको प्रक्रिया अघि बढाउन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई बालुवाटरबाटै निर्देशन आएको थियो । सदस्यसचिव नियुक्तिको प्रक्रिया सुरु गर्दै सिलवाललाई नै सदस्यसचिव बनाउन प्रम ओलीको निर्देशन आएको स्रोतले बताएको छ । सिफारिस समितिले सिलवालको नाम पहिलो नम्बरमा राख्ने पक्कापक्की भएको राखेप स्रोतले नेपाल फेसलाई जानकारी दिएको छ ।

    समितिले पहिलो नम्बरमा सिलवाललाई सिफारिस गर्दा नियुक्तीमा विवाद नआउने भएकोले यो प्रक्रिया पछ्याइएको बुझिएको छ । राखेपमा भने सिलवालको कार्यकाल दोहोरिने चर्चा यसअघि नै चल्ने गरेको थियाे ।

    पुन: नियुक्त भएमा सिलवालको कार्यकाल चार वर्षको हुनेछ । यसअघि एक वर्ष पदमा बसिसकेका सिलवाल पुन: नियुक्त भएमा उनको कूल पाँच वर्षे कार्यकाल हुने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार