Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेपत्ताको खोजी गर्न गएकै डुंगा पल्टियो


    बिहिबार, साउन १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको गेट भत्किँदा बेपत्ता भएका चालकको खोजी गर्न गएको उद्धारकर्ताको डुंगा नै पल्टेकाे छ । सशस्त्र प्रहरी बलकाे गोताखोर चढेको डुंगा इन्द्रावती नदीमा पल्टँदा एक जना घाइते भएका छन् ।

    यसअघि आयाेजनाकाे गेट भत्किँदा दुई जना हराएका थिए । ती मध्ये इञ्जिनियर सतिश गोइतको शब बुधबार भेटिएकाे थियो । ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगर अझै बेपत्ता छन् । 

    गाोताखोरकाे टोली मगरलाई खोजी गर्दै जाँदा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार