Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घरभित्रै पस्याे बाघ, झ्याल फोरेर ज्यान जोगाए कुँवर परिवारले


    बिहिबार, साउन १ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । अछामको साँफेवगरस्थित एक घरमा आज बिहानै बाघ पसेकाे छ । जंगलबाट बस्तीमा छिरेकाे बाघले कुकुरलाई लखेट्ने आएकाे र स्थानीय कैलाश कुँवरकाे घरमा पसेकाे हाे । 

    बाघ घरभित्र छिरेपछि कुँवर परिवारले झ्याल फुटाएर बाहिर निस्केका थिए । यसअघि तीन वर्ष पहिले साेही क्षेत्रमा बाघ आइ एउटा बालककाे ज्यान लिएकाे थियाे । 

    स्थानीयले यसकाे उजुरी गरेसँगै बाघको उद्धारका लागि वन र प्रहरीको टोली पुगेको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौडेलले जानकारी दिए ।

    उनले विशेष टोली आउन दुई दिन लाग्ने भएपछि प्रहरी, वनरक्षक र स्थानीयको सहयोगमा बाघको उद्धार गर्नुपरेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार