राजा अकवरले वीरवललाई सधै प्रश्नहरु सोधेर उनको वुद्धीको परिक्षा लिने गर्थे ।एकदिन अकवरले वीरवललाई भने , “यो भित्तामा एउटा यस्तो वाक्य लेख , जुन वाक्य दुःखको बेला पढ्दा हर कोहीलाई खुशी मिलोस् र खुशीको बेला पढ्दा दुःख लागोस ”
वीरवलले भित्तामा लेखिदिए , “यो समय, यो पल बितेर जानेछ ”। दुःखको समयमा हामी निराश हुन्छौं अत्तालिन्छौं र सुखको समयमा हाम्रो अहम्ता बढ्छ तर यी दुबै दुःख र सुख सदाका लागि रहदैनन् । त्यसैले हर मानवले यस्ता दुःख र सुख दुबै परिस्थितिमा संयम भएर अगाडी बढ्न सकेमा जीवन सार्थक बन्छ ।